Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

‘‘ सामाजिक क्रान्ति र रूपान्तरणका लागि सञ्चार १ ”
नत्वहं कामये राज्यं नस्वर्गं नपुनर्भवम् । 
कामये दुःख तप्तानाम् प्राणीनामार्तिनाशनम् ।।

म आफ्नो निमित्त न राज्य चाहन्छु, न त स्वर्गको इच्छा नै गर्दछु । पुनर्जन्म पनि मलाई चाहिँदैन । दुःखले पीडित प्राणीहरुको पीडा नाश होस् यही म चाहन्छु ।
अहिंसावादी रेडियो पर्वत १०३.६ मेगाहर्ज
फलेवास नगरपालिका खानीगाउँ–५, पर्वत
Phone: 067-994670008, 9851130687,9857631208Web:     www.ahimsabadiradio.org 
Email:    ahimsabadiradio@gmail.com




परिचयः
पर्वत जिल्लाको मध्यवर्ती क्षेत्रका रुपमा रहेकोफलेवास नगरपालिका खानीगाउँ–५, फलेवासबाट आफ्नो सेवा प्रदान गरीरहेको अहिंसावादी रेडियो पर्वत देशकै उत्कृष्ट रेडियोहरुमध्येको एक हो । पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, स्याङ्जा, गुल्मी, कास्की, प्यूठान लगायत पश्चिमाञ्चल क्षेत्रका करिब एक दर्जन भन्दा बढी जिल्लाका अधिकांश क्षेत्रमा एरियल नउठाईकन सजिलैसंग सुन्न सकिेन यस रेडियोलाई इन्टरनेट अनलाईन (वेवसाईट) मा भने www.ahimsabadiradio.org लग अन गरी संसारभर सुन्न सकिन्छ । केवल आफ्ना मौलिक एवं स्तरीय कार्यक्रमहरु मात्र हैन भौतिक संरचनामा पनि यस रेडियोको टावर नेपालकै एफएम रेडियोहरुका टावरहरुमध्ये उत्कृष्ट पाँच (Top Five_ भित्र पर्दछ भने करिब दश लाख भन्दा बढी यसका नियमित श्रोतहरु रहेको छन् । अहिंसावादी रेडियो पर्वत दैनिक बिहान ५ः०० बजेदेखि राति १०ः०० बजेसम्म जम्मा १७ घण्टा नियमित प्रशारणमा रहेको छ ।

हाल रेडियोमा १० जना पूर्णकालिन, १५ जना अल्पकालिन र १०० जना भन्दा बढी संवाददाहरुले विशेष जिममेवारीबोध र जागरुकताका साथ काम गरिरहेका छन् । एकातिर मानवजातिले युगौंयुगदेखि राख्दै आएको आकांक्षा र सपनालाई जीवन्त व्यवहारमा उतार्न यसले संचालन गरेका रचनात्मक एवं शिक्षा र सनदेशमूलक कार्यक्रमहरु र अर्कोतिर यसले एक महान् एवं जटिल र कष्टसाध्य सामाजिक मुद्दालाई उठाएकाले स्वभाविक रुपमा समाजमा यसलाई आसा र विश्वसका साथ हेर्ने तथा अभिशाप मान्ने दुबै प्रवृत्ति रहेको हुँदा सबैका लागि यो आर्कषण र जिज्ञासाको केन्द्र बन्न पुगेको छ । साथै रेडियो संचालित क्षेत्रका अधिकांश जिल्ला, गाउँ तथा स्कुल, कलेजहरुमा अहिंसावादी संगठन विस्तार गरिएको हुँदा र यस रेडियोले भैmं विवेक, अहिंसा र नैतिकतालाई प्रधानता दिएर संसारमा दोश्रो कुनै रेडियो तथा टेलिभिजन संचालन नभएको हुँदा सम्पूर्ण अहिंसाप्रेमी जनसुदायका लागि यस सम्बन्धी शिक्षा  र जानकारी प्राप्त गर्ने निर्विकल्प सञ्चार माध्यम अहिंसावादी रेडियो पर्वत, रेडियोका दुनियाँमा सार्वाधिक लोकप्रिय रेडियोका रुपमा रहेको छ ।


Top