Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

१. सामाजिक जीवनका समग्र पक्ष शिक्षा, संस्कृति, कला, साहित्य, विज्ञान, कानुन, धर्म, दर्शन, राजनीति आदिलाई विवेक  र नैतिकतायुक्त बनाउन विभिन्न किसिमका ज्ञान, चेतना र सन्देशमुलक कार्यक्रमहरु उत्पादन गरी प्राथमिकताका साथ प्रशारण गर्ने ।


२. ऐतिहासिक सामाजिक विसंगतिहरु विसंगतिहरु दासप्रथा, सतीप्रथा, रङ्गभेद, वर्गभेद, सामान्तवाद जस्तै हिंसावादलाई पनि जरैदेखि विनिष्ट पार्ने, सामाजिक क्रान्तिको अभियानलाई अघि बढाउन सहयोग पु¥याउने किसिमका विभिन्न कार्यक्रमहरु उत्पादन एवं प्रसारणको साथै समाजमा भईरहेका  जीवदया, विवेक, अहिंसा र नैतिकता सम्बन्धिका कार्य प्रगति एवं घटनाक्रमहरुको जानकारी दिने ।

३. निरीह पशुप्राणी, दलित, अपाङ्ग, अशक्त, असहाय, महिला, बालबालिका लगायत पिछडिएका अन्य मानव समूहहरुको न्याय र उत्थान हुने कार्यक्रमहरू उत्पादन गरी यस्ता कार्यक्रमहरुलाई विशेष महत्वका साथ प्रशारण गर्ने । साथै यस्ता कार्यक्रमहर उत्पादन गर्ने अन्य संघ, संस्थाहरुसंग सहकार्य गर्ने, गराउने ।

४. स्थानिय, राष्ट्रिय तथा विश्वस्तरमा घटेका र भए गरेका ताजा खबर, सूचना, खोज, अनुसन्धान, बैज्ञानिक एवं प्राविधिक उपलब्धी आदिलाई सरल र बोधगम्य रुपबाट प्रचारप्रसार गर्ने ।

५. विभिन्न धार्मिक, सामाजिक संघ, संस्थाहरुबाट आवश्यक सुझाव, सल्लाह र सहयोग लिई विभिन्न अहिंसावादी एवं आध्यात्मिक कार्यक्रमहरु त्था अन्य सामग्री उत्पादन एवं प्रसारण गर्ने ।

६. अधिकतम जनसमुदायमाझ अहिंसावादी संगठनको विचार एवं सूचना र समाचारको पहुँच पु¥याउन आवश्यकता अनुरुप सञ्चार केन्द्रहरुको स्थापना गरी तिनको विकास एवं प्रवद्र्धन गर्ने ।



      अहिंसावादी रेडियो पर्वतका विशेषता र चुनौतिहरु निश्चय नै अहिंसावादी संगठन नेपालले मानवीय विवेक र संवेदनालाई भन्दा पनि सामाजिक साथ र सहयोगलाई मध्यनजर गरेर सङ्किर्ण मानवसेवा तथा मानवजातिका अन्य उत्पीडित समूह र सम्प्रदाय जस्नै महिला, जनजाति, बालबालिका आदिको सवाललाई उठाएको हुन्थ्यो भने संगठनलाई सम्बन्धित पक्षदेखि लिएर संयुक्त राष्ट्र संघ, सरकार, स्थानिय निकायहरु, विभिन्न एन.जि.ओ.आइ.एन. जि.ओ. आदिले सहयोग गर्थे होला । तर संसारमा कसैले पनि वास्ता नगरेको, सहयोग र साथ नदिने जुन मुद्दालाई अहिंसावादी संगठनले आफ्नो प्रमुख उद्देश्य बनाएको छ, त्यही जिममेवारीलाई अघि बढाउने उद्देश्य र संकल्पका साथ सञ्चालित यस रेडियोले समेत आज गम्भीर चुनौती र समस्याहरु झेन्नु परिरहेको छ । 

       रेडियोले आज जसका निमित्त आवाज उठाइरहेको छ, ती हामीलाई कुनै प्रकारको भएपनि सहयोग पु¥याउन सक्ने मानव समूह नभएर प्रजातीय रुपमा नै छुट्टै प्राणी  हुन् । जो केवल हाम्रो विवेक र दयाका भागीदार हुन सक्छन् । आन्दोलन र संघर्षका साझेदार हुन सक्दैनन् । यस्तै अर्कोतिर अहिंसावाद सगठनले विधिवत् रुपमा रेडियो संचालन गरेदेखि नै रेडियोबाट प्रशारण हुँदै आएका विभिन्न प्कारका हिंसाजन्य विज्ञापन र सूचनाहरु जस्तै बधशालाहरु, फ्रेसहाउस, माछापलान, बाख्रा पालन, कुखुरा पालन, सुंगुर पालन, बङगुर पालन आदिलई हटाई रेडियोमा त्यस प्रकारका विज्ञापन र सूचना प्रवेश गर्न नदिने नीति अवलम्बन गर्दै आएको छ । जुन रेडियोलाई अहिंसावादी रङ्ग प्रदान गर्ने दिशामा महत्वपूर्ण कदमको रुपमा रहेको भएतापनि  रेडियोका लागि अर्को थप आर्थिक सङ्कट सिर्जना गर्ने कारण बनेको छ । 

       साथै शाकाहार र अहिंसावादी जीवनशैलीलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्ने विभिन्न सूचना र सन्देशमूलक कार्यक्रमहरु रेडियोले निःशुल्क वा विना कसैको सहयोग आफ्नै खर्च र लगानीमा उत्पादन गुर्नपर्ने अवस्था, रेडियोका लागि थप आर्थिक चुनौतीका रुपमा रहेको छ । अतः यस अवस्थामा विवेक र नैतिकतामा आधारित नयाँ सामाजक सुव्यवस्था स्थापनाका निमित्त अघि बढाउन आजका प्रत्येक अहिंसाप्रेमी व्यक्तिले विशेष गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । 

       बस्तुतः रेडियो मात्र नभएर अहिंसावादी संगठनको समग्र अभियान समाजका अहिंसावादी संघ संस्थाहरुमाथि नै भर परेर अघि बढ्ने भएको हुँदा युग परिवर्तनका यस संघारमा सबैले कुनै न कुनै रुपमा आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउन अनिवार्य भएको छ ।


Top