प्रेम सापकोटा “सोनु“ ले देबि घर्तिलाई जापानिज सारि चुरा किन्दिए र जापानिज रेल मा धुमाउने (भिडियोसहित)




Teej Geet
 असार २६ गते मङ्र्गलबार । हिन्दु नेपाली नारीको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा हरेक बर्ष जस्तै यस बर्ष पनि तिजका गित बजारमा आईसकेका छन ।
सांगितिक आकाशमा पहिलो पाईला राख्दै दिनेश सापकोटाले पनि आफ्नो पहिलो कोशेलि स्वरुप जापानि रेल नामक तिज गित बजारमा ल्याएका छन । गायक प्रेम सापकोटा ‘सोनु'ले देबि घर्तिलाई जापानि चुरा किन्दिने कुरा भन्ने नयाँ शब्द सहितको गित बजारमा ल्याएका हुन् ।
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनु र देबि घर्तीले आवाज भरेको यस गीतमा दिनेश सापकोटाले शव्द सिर्जना गरेका हुन भने प्रेम सापकोटा “सोनु“ले नै लय भरेका छ्न ।https://youtu.be/1KD1-n_8wRI
गुरुआमा फिल्मसको ब्यानरमा जापानी रेलको म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन, सुजन शाहीको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा तयार गरियको हो ।
हमाल म्युजिक प्रा. लि. ले बजार ब्यबस्थापन गरेको जापानी रेलको म्युजिक भिडियो जापानका केही ठाउँ र नेपालमा खिचिएको छ भने विकशित देश जापानमा आफ्नो मायालु संग घुम्ने रमाउने कुरा गीत र म्युजिक भिडियोमा देखाउन खोजिएको छ । गीतमा स्मृति तिमिल्सिना र सन्जिब ठकुरीको अभिनय रहेको छ ।