पर्वत जिल्लाकै पहिलो रेडियोका रुपमा २०६४ पौष १५ गतेबाट आफ्नो नियमित प्रशारण शुरु गरेको यस अहिंसावादी रेडियो पर्वत १०३.६ मेगाहर्जको प्रारम्भिक नाम मात्र रेडियो पर्वत रहेको थियो । स्थापना कालदेखि नै मनोरञ्जन भन्दा पनि सूचना र सन्देशमुलक कार्यक्रमहरुलाई बढी महत्व दिँदै आएको यस रेडियोलाई अहिंसावादी संगठन नेपालले २०६९ पौष १ गतेबाट विधिवत् रुपमा संचालन गरेदेखि यसले अहिंसावादी क्रान्तिको संवाहक नै बनेर आफ्नो सेवा प्रदान गर्दै आएको छ । यद्यपि, व्यापक अर्थमा अहिंसा भन्नाले मन, वचन र कर्मले कसैप्रति पनि चोट नपु¥याउनु भन्ने रहेको भएतापनि स्वार्थ, हिंसा, क्रुरता र अनैतिकतामा आधारित वर्तमान संसारमा प्रारम्भमा नै यो सम्पूर्ण कुरा लागु हुन नसक्ने भएको हुँदा आज यस आदर्श प्राप्तिका निमित्त प्रमुखता र संभाव्यताका आधारमा अघि बढ्न अनिवार्य भएको छ ।
निःशन्देहः हत्या नै संसारको सबैभन्दा प्रमुख र जघन्य अपराध हो । जो व्यक्तिले जनावरहरु पनि आफु जस्तै प्राणी हुन् तसर्थ उनीहरुलाई दुःख, पिडा दिनुहुदैन, हत्या गरेर उनीहरुको मासु खानु हुदैन, भन्ने सोचेर अहिंसावादी जीवनपद्धती अपनाएको हुन्छ । उसले मानिसलाई दुःख, पिडा दिने कुरा त परै जाओस् कुभलो समेत चिताउन सक्दैन । परन्तु, यसको ठीक विपरीत आज हाम्रो समाजमा उस्तै जन्म प्रकृया, उस्तै जीवन, उस्तै रगत, उस्तै शरीर, उस्तै स्वभाव र चेतना भएका निर्दोष एवं निरिह प्राणीलाई मासु खाने कुत्सित मनसाय स्वरुप जुन विश्वासघात, यातना र क्रुरता अपनाइन्छ, त्यो कोही पनि सच्चा मानवहृदयी व्यक्तिका लागि कदापी सहय र स्वीकारयोग्य कुरा हुन सक्दैन । स्पष्ट रुपमा भन्नुपर्दा, आज हामीमाझ विद्यमान सामाजिक विसंगति ‘हिंसावाद’ मानव इतिहासका सामाजिक विसंगतिहरु दासप्रथा, सतीप्रथा, रङ्गभेद, वर्गभेद, सामान्तवाद आदीको तुलनामा सार्वाधिक नीच एवं क्रुर सामाजिक कलङ्क हो । अतः समाजबाट जुन रुपमा उपर्युक्त सामाजिक विसंगतिहरुको अन्त्य गरियो ठीक त्यही रुपमा वर्तमान समामाजिक विसंगति हिंसावादको पनि अन्त्य गरिन जरुरी छ ।
अपवादलाई छोडेर समाजको ऐतिहासिक विकासक्रमबाट अकाट्य रुपमा प्रमाणित तथ्य यो हो कि, मानवीय चेतना र सामाथ्र्यको विकाससँगै सकारात्मक कुराहरु जब–जब प्रगतिपथमा अघि बढ्छन् तब समाजका विसंगतियुक्त एवं त्रुटिपूर्ण संरचनाहरु प्रिवर्तनले सिर्जना गरेका प्रतिकुलताहरुसंग हार खान थाल्दछन् । अर्थात, समाजको सकारात्मक परिवर्तनसंगै कुनै पनि त्रुटिपूर्ण एवं खराबीयुक्त सामाजिक संरचनाको निकृष्टता र असफलता पनि उजागर हुँदै जान्छ । फलतः ढिलो वा चाँडो तर अनिवार्य रुपमा उक्त सामाजिक विसंगतिको अन्त्य भइछाड्छ । ठीक, आज इतिहासको यस विशिष्ट मोडमा हिंसावादले पनि त्यही नियति भोग्नु परिरहेको छ । विज्ञान तथा प्रविधिको विकासले आज हिंसावादी सङ्कटलाई केवल सतहमा मात्र ल्याएको छैन, काफीहदसम्म त्यसलाई चर्काएर लगेको छ । धार्मिक क्षेत्रमा हिजो यसले जति क्रुर र नग्न रुपमा आफूलाई प्रस्तुत गरेको थियो, त्यति नै नाङ्गो रुपमा आज आफनो धार्मिकताको गहनालाई मिल्काउनु परेको छ । मांशाहार स्वास्थयको लागि अनुपयुक्त र अझ विशेष रुपले हानिकारक सिद्ध हुनु निश्चय नै यस सामाजिक विसंगतिका लागि एक अनिवार्य एवं आधारभूत निषेध हो । ग्लोबल वार्मिङ्ग र जलवायु परिर्वतनको प्रमुख कारक तत्व हिंसावाद रहेको तथ्यको रहस्योद्घाटनले वस्तुतः यसको चिहानघाट यात्रा नै तय गरिदिएको छ । आर्थिक उन्नतीका निमित्त विकास गरिएको राज्यको पशु बजारीकरणको रणनीतिले समेत संङ्कटको यस पृष्ठभूमिका कारण आज नयाँ–नयाँ चुनौतिहरुको सामना गुर्न परिरहेको छ ।
यसप्रकार आज सामाजमा हिंसावादलाई आफ्नो पहुँच पुगको आर्थिक विकासको सवाल होस् या अलौकिक आस्था, मानवीय नैतिकता होस् या वातावरणीय स्वच्छता, जलवायु परिवर्तन होस् या ग्लोवल वार्मिङ्गको समस्या, वजन तहको ह्रास होस् या खाद्य उत्पादन, वनजंगल विनाशको समस्या होस् या मानवीय स्वास्थ्य कुनै पनि क्षेत्रमा चर्को अन्तर विरोधको सामना नगरी बस्नु परेको छैन । स्पष्ट रुपमा भन्नुपर्दा, आज हिंसावादले समाजको कुनै पनि क्षेत्रमा आफ्नो औचित्य सिद्ध गर्ने सामाथ्र्य गुमाउँदै गएको छ । त्यस्तै, यसले आज हिंसावाद अहिंसावादीहरको विरोध, घृणा र उपेक्षाका कारण होइन बरु स्वयंको निकृष्टता, अप्राकृतिकता, अवैज्ञानिकता र असफलताका कारणबाट उन्मूलन हुँदै गरेको वास्तविकतालाई अभिव्यक्ति गर्दछ । अतः आज यस वास्तविकतालाई आम जनमानस माझ प्रकाश पारीदिए मात्र त्यो हिंसावाद उन्मूलनका लागि काफी हुने भएको हँुदा अझ भन्नुपर्दा हिंसावादका विरुद्ध कुनै पनि सामरीक लडाई नै लड्न आवश्यक नरहेको हुँदा संचार माध्यमलाई नै क्रान्तिको प्रधान साधन र स्वरुप बनाइनुपर्ने आवश्यकता अनुरुप संचालन गरिएको अहिंसावादी रेडियो पर्वत वस्तुतः यस दिशामा धर्तीकै एकमात्र र पहिलो रेडियो हो ।