Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5




फलेवास नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले सहज रुपमा जित्ने दावी




फलेवास नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले सहज रुपमा जित्ने दावी गरेका छन् । काँग्रेसले फलेवास नगरलाई विकास र समृद्धिमा नमूना वनाउने संकल्प लिएको र त्यहि संकल्प पुरा गर्न मतदाताहरुले भोट दिने काँग्रेसको विश्वास रहेको छ । एमालेले जतिसुकै राष्ट्रवादी कुरा गरेपनि काँग्रेस जति राष्ट्रवादी अरु कुनै पार्टि नरहेको नेताहरुले वताएका छन् । आज फलेवास नगरपालिकाको वार्ड नम्बर ३ को खल्डाँडा। विरौटा र वार्ड नम्बर ५ को चितिपानीको घरदैलो पछि आयोजित कोणसभामा वोल्दै काँग्रेसका उम्मेदवारहरुले अरु दल फलेवास नगरमा अल्पमतमा पर्ने आँकलन गरेका छआँकलन गरेका छन् । सक्षम, पाका, उदार, समाजसेवी उम्मेदवारहरु काँग्रेसले प्रस्तुत गरेको र उनीहरुको भिजनले फलेवास नगरेको मुहार फेरिने मतदाताहरुको विश्वास रहेको छ । मेयर पदका उम्मेदवार गंगाधर तिवारीले फलेवास नगरका नागरिहरु संग आफु हरपल साथमै रहेर काम गरेको, हरेकको घरदैलोमा पुगेको, फलेवासका सबै वडामा एउटा न एउटा उद्यम स्थापना गर्ने, विदेशमा रहेका यूवालाई गाउँमै रोजगारी सिर्जना गर्ने, भूकम्प पीडितलाई राहात दिलाउने, फलेवासका सबै दलित समुदाय, महिला, पुरुष, आर्थिक रुपमा पछाडी परेका वर्गहरुको आर्थिक हैषियत उकास्ने अठोटका साथ चुनावमा होमिएको वताउनुभयो । उहाँले भन्नुभयो, ‘लेखेर राख्नुस म निर्वाचन जितेर गएपछि अहिले गरेका वाचा एक एक गरि पुरा गर्छु, गरिन भने त्यतिवेला मैले जस्तो सुकै कारवाहि पनि भोग्न तयार छु उहाँले भन्नुभयो । उपमेयरका उम्मेदवार रेखा गुरुङले मतदाताहरुले विवेकको प्रयोग गरि रुखमै मतदान गर्न आग्रह गर्नुभयो । अहिले काँग्रेस मात्रै नभएर अन्य पार्टिले पनि आफुलाई निकटता, समाजसेवाको लगाव, स्पष्ट भिजन, कर्मठता जस्ता कुरा हेरेर मत दिने विश्वास व्यक्त गर्नुभयो । फेलवास नगर आजसम्म गलत राजनीतिका कारण विकासमा पछाडी परेको कार्यक्रममा वोल्नेहरुले वताएका थिए । कार्यक्रममा महासमिति सदस्य राधा कुँवर क्षेत्री लगायत सबै वडाका सभापतिहरुको टोलीले चुनावप्रचार प्रसार गरेको जनाईएको छ  ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top