Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5



माधब पराजुली, पर्वत २०७३ जेठ १४ । पर्वतको फलेवास देविस्थानका कृषकले दूध बेचेर गाउ“मा बार्षेनी लाखौ“ रुपै“या भियाउन सफल भएका छन् । देविस्थानका कृषकले गाउमै दुग्ध डेरी खुल्याई पछील्लो एक वर्षमा रु. २५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएका हुन् ।
फलेवास दुग्ध सहकारी संस्थामा आबद्ध करिब ४८ जना कृषकले अहिले दैनिक १२५ लिटर दूध बिक्री गर्दै आएका छन् । स्थानियस्तरमा उत्पादित दूध डायरीमा संङकलन गरेर यहा“का किसानले सदरमुकाम कुश्मामा निकासी गर्दै आएका छन् । फलेवास दुग्ध सहकारी संस्थाले २०७२ बैशाख देखि २०७३ जेष्ठ सम्म करिब ४६ हजार लिटर दुध बिक्री गरेको संस्थाका अध्यक्ष भरत श्रेष्ठले धौलाश्रीलाई बताए । कृषकबाट प्रति लिटर ४५ देखि रु ५५ का दरले दूध खरिद गर्दै आएको उनले बताऐ ।
संस्थामा आबद्ध ४८ जना कृषकले उत्पादन गरेको दूध स्थानिय डेरीमा सङ्कलन गरेर बिहान र बेलुका सदरमुकाम कुस्माका डेरीहरुमा गाडी मार्फत लगेर बिक्री गर्ने व्यवस्था मिलाईएको छ । यहा“का एक जना कृषकले दैनिक बढिमा २० तथा घटीमा २ लिटर सम्म दूध बेच्ने गरेका छन् भने दूध बेचेर एकै जना कृषकले मासिक १८ हजार भन्दा बढी आम्दानी गर्ने गरेको संस्थाका कोषाध्यक्ष राजकुमार क्षेत्रीले बताए । दुग्ध सङ्कलन केन्द्र सञ्चालन गर्न संस्थालाई जिल्ला बिकास समिति जिल्ला पशु सेवा कार्यालय र गाबिसले ५ लाख बाराबरको बिभिन्न उपकरणहरु सहयोग गरेको संस्थाले जनाएको छ ।
उक्त संस्था ३ बर्ष पहिले देखि सञ्चालनमा आएको छ । गाउमै दुध सङकलन केन्द्र स्थापना भएपछी दूध बेच्नका लागी निकै टाढा हिडेर जानु नपर्ने तथा मनग्य आम्दानी हुन थालेपछी अहिँले गाउ“मा गाई पालन व्यवसाय गर्नेको सङख्या पनि बढेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

Top