Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

पर्वतको फलेवासमा कृष्ण लिला तथा रोपाई जात्रा विभिन्न भजन कृतन, वाजा गाजा,सगै झाकि प्रर्दशन गरी मनाईयो ।।

अहिंसावादी रेडियो पर्वत १०३।६ मेगाहर्ज
श्रावण ३१
पर्वतको फलेवासमा कृष्ण जन्माअष्टमिको अवसरमा कृष्ण लिला तथा रोपाई जात्रा मनाईएको छ ।
भगवान श्रीकृष्णको जन्माअष्टमिको अवसर पारी फलेवास नगरपालिका ६ देविस्थानमा मंगलवार नवमिको दिन विभिन्न भजन कृतन, वाजा गाजा,सगै झाकि प्रर्दशन गरी यो पर्व मनाईएको हो ।
अष्टमिको राति १२ वजे भगवान श्रीकृष्णको जन्म भएको र त्यसैको खुसियालिमा श्रीकृष्णको महिमा  गर्दै सयौ वर्ष पहिले देखि यो कार्यक्रम गर्ने गरीएको  छ ।
यस वर्ष  पनि सोहि अनुरुप धर्म सस्कृति र परम्परा जोगाउन कृष्ण लिला निकालियको फलेवास नगरपालिका ६ देविस्थानका अध्यक्ष भोलनाथ भुसालले वताउनु भयो । विशेषगरी यो पर्वको अवसरमा कृष्ण लिला नेवार समुदायले निकाल्ने भए पनि देविस्थानमा अन्य जातजाति को पनि सहयोग र सहभागिता रहदै आएको उहाले वताउनु भयो ।
(भिडियो सहित   https://youtu.be/Jiwd0KdmP1o 
पुराना सस्कार र सस्कृतिहरुमा सत्यता, सदासयता रहेको भन्दै उहाँले यसको महत्व वुझेर यसको संरक्षणमा सवै जुट्नु पर्ने वताउनु भयो । यसै गरी सोहि अवसरमा सस्कृति जर्गेना समितिका अध्यक्ष भरत श्रेष्ठले सयौ वर्ष पहिले कृष्ण लिला चल्दै आएको र विचको केहि समयमा रोकियको भय पनि धर्म सस्कृतिको संरक्षण गर्न तथा मानिसमा धार्मीकताको भावना विकास गराउन पुनं यस कार्यक्रमलाई निरन्तरता दिईएकोे वताउनु भयो । त्यसै गरी श्रेष्ठले पछिल्लो समयमा मानिस अनुसाशन विहिन वन्दै गएको तथा विभिन्न विकृति विसंगति तर्फ आर्कशित भएको भन्दै  धर्म सस्कृतिको महत्व वुझेर सकरात्मक वाटोमा लाग्नु पर्ने वताउनु भयो । https://youtu.be/Jiwd0KdmP1o
नेवारहरुको विशेष पर्व कृष्ण लिलामा देविस्थानका सवै नेवार समुदाय तथा अन्य जात जातिहरुको सहभागिता रहेको थियो । दुई समुहमा विभाजन गरी निकालियको कृष्ण लिला तथा रोपाई जात्रामा हजारौ मनिसहरुको सहभागिता रहेको थियो । 
देविस्थान ढिक र राहाले गरी दुई ठाउँवाट निकालिको कृष्ण लिला तथा रोपाई जात्रा क्याम्पसपथ स्थित देवि मन्दिरमा पुगरे सामुहिक कार्यक्रममा परीणत भएको थियो ।हरेक वर्ष रोपाई सम्पन्न भएपछि गरीने रोपाई जात्रा पनि सोहि कार्यक्रमको अवसरमा सम्पन्न भएको छ । वर्षभरीको लागि खान पुग्ने अन्न लगाई सकिएको खुसीयालि मनाउदै हातमा धानको  विहु  सगै अफ्नो सास्कृतिक पोषकमा सजिएका  देविस्थान वसि विभिन्न वाजा गाजा र भजन कृर्तन सगैँ सडकमै धान रोपेर खुसियालि मनाएका थिय ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top