Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

भारतको मुम्बई डुबानमा, १ करोड ६० लाख मानिस प्रभावित



मुम्बई, भदौ १४ । भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।

भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् ।
मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् ।
मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । (एजेन्सी)

फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने


भदौ १३,फलेवास। पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ । 
नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो । नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिकाभित्र आयात गर्दा कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । 
ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य वस्तु तथा गैरकाष्ठ वन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाउ निकासी पैठारी गर्नेबाट कर उठाउने निर्णय गरिएको हो । नगरपालिकाभित्र उत्पादन हुने कृषि जन्य वस्तुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषिजन्य उत्पादनको फरक फरक दररेटसमेत कायम गरिएको छ । न्यूनतम रु एक देखि १०० सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आह्वान गरिएको समेत शर्माले जानकारी दिनुभयो । 
नगरपालिकाको कार्यालयको आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तलब भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरूपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक मितव्ययीरुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माको भनाइ छ । 
सुन्तला तथा अमिलो जातका वस्तु, तरकारी बीउ तथा ताजा तरकारी, कफी, लप्सी, आलु, अलैँची, अदुवा बेसार, मह तथा माहुरीका गोला, दूध निकासीबापत कर लगाइने भएको हो । त्यसैगरी, बाख्रा, भेडा, खुकुरा, गाईभैँसी, राँगा, बंगुर, कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तलब भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताउनुभयो । 
नगरभित्र उत्पादित वस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्नका लागि टेण्डरसमेत आह्वान गरिएको छ । सदरमुकाम कुश्माबजारसँग जोडिने फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको मुलुककै अग्लो झोलुंगे पुल, दोविल्ला फलेवास सडकअन्तर्गत मल्याङ्दी खोला पुल र स्यांजा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका–१ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाको भनाइ छ । नयाँ नगरपालिकाको रुपमा रहेको उक्त नगरले पहिलोपटक जिल्लामै नमूनाका रुपमा कृषिजन्य वस्तुमा कर लगाएको हो । यसअघि कुश्मा नगरपालिकाले भने कृषिजन्य वस्तुमा कर लगाएको थिएन अन्य पाँचवटा गाउँपालिकाले पनि कृषिजन्य वस्तुमा कर लगाउने कार्यविधि बनाए पनि कार्यान्वयन भने गर्न सकेका छैनन् । 
भर्खरै बनेको नगरपालिकामा कृषकलाई मार पर्नेगरी कर उठाउने निर्णय भएपछि कतिपय कृषक असन्तुष्ट बनेका छन् । निर्वाहमुखीरुपमा गर्दै आएको व्यवसायमा समेत कर उठाउने कार्य जायज नहुने स्थानीयवासी नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

हरीतालिका जितको अवसरमा बिबिध कार्यक्रम तथा तिजगित प्रतियोगिता सम्पन्न

लक्ष्मण बिश्वकर्मा
अहिंसाबादी, रेडियो पर्वत १०३. मेगाहर्ज
भदौ २०७४

हरीतालिका जितको अवसरमा बिबिध कार्यक्रम तथा तिजगित प्रतियोगिता सम्पन्न //


पर्वतको फलेवास नगरपालिका लिमिठानामा हरीतालिका जितको अवसरमा बिबिध कार्यक्रम तथा तिजगित प्रतियोगिता सम्पन्न भएको
वालकल्याण बोडिङ स्कुल लिमिठानामा युवा सञ्जालको सयुतm आयोजनामा उतm कार्यक्रम बिहिबार सम्पन्न भएको हो

कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले नगरक्षेत्रको बिकास गर्ने नगर भित्रका सम्पुर्ण महिलाहरुको क्षमता वृद्धि गर्न तथा उनिहरुको हक अधिकार सुरक्षित गर्न  निरन्तर लागि पर्ने वताउनु भयो  
त्यस्तै कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाकी उप मेयर मञ्जु अधिकारीले तिजको अबसरमा गरिने यस्ता कार्यक्रमले सास्कृतिको जर्गेना गर्ने भएको हुदा यस्ता कार्यक्रमलाइ आगमी बर्षमा पनि निरन्तरता दिन आग्रह गनुभयो साथै अधिकारीले मलिाहरुको आवज बुलन्दित पार्न मलिाहरुको हक अधिकारको सुनिश्चित गर्न सदैब लागि परिरहले बताउनुभयो
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतकी सदस्य कबिता बि. फलेवास नगरपालिका ठानामौलाका वार्ड  अध्यक्ष मन बहादुर कुवर, लिमिठानामा मा.बि की शिक्षिका सारदा शर्मा लगायतले बोल्नुभएको थियो
कार्यक्रममा बिबिध प्रत्योगिताहरु भएका थिए जसमा तिज गित प्रत्योगितामा सफलता किशोरी महिला समुह फलेवास नगरपालिका खानीगाउको समुह प्रथम, समिक्षा तिवारीको समुह लिमिठानामा मा.बिको समुह दिर्तिय आटीघर महिला समुह लिमिठानाको समुह तिर्तिय भएका छन्
बिद्यालय स्तरिय नृत्य प्रत्योगितामा सृष्टी पन्त प्रथम, पुणीमा रेग्मी दिर्तिय शिरिसा पन्त तिर्तिय भए त्यस्तै खुल्ला नृत्य प्रत्योगितामा रोशनी क्षेत्री प्रथम, पुनम पौडेल दिर्तिय, सदिक्षा सुनार तिर्तिय करिष्मा सुनार सान्तवना भएका छन् कार्यक्रममा सबै बिजेतलाइ नगद प्रदान गरिएको थियो

कार्यक्रममा लोक गायक कुष्ण समिप सुबेदि हष्यकलाकार निर्मल पौडेल लगाएतको बिशेष प्रस्तुती रहेको थियो फलेवास नगरपालिका वार्ड नं. लिमीठानाका वार्ड अध्यक्ष हरिराम रेग्मिको अध्यक्षतामा सम्पनभएको कार्यक्रममा लिमीठाना युवा सन्जालका अध्यक्ष केशर पन्तको स्वागत मन्तब्य कार्यक्रको सन्चालन बालकल्याण बोडिङ स्कुलका प्रिन्सिपल दिपेन्द्र  रेग्मीले  गर्नुभएको थियो


परदेशिएका नेपालीको मुटु नै चुँडाउने गित दुखको हावा आँखा कठोर मेहनत पछि आए दशै गित लियर गायकरसर्जक सोनु भिडियो सहित

अहिसावादि रेडियो पर्वत १०३ं. मेगाहर्ज
 सन्देश लामिछाने

भाद्र    पर्वत धौलागीरी अञ्चलबाट गीत संगीतमा लाग्ने अग्रज तथा नव कलाकारहरुको संङख्या अत्यधिक केहि बास्तविक क्षमता एरै गीत संगीतको बजारमा अगाडी आइरहेका छन भने कतिपय पैसा मिडियाको भरमा कलाकार नाम आफुले आँफैलाई दिएका छन, त्यस्ता आफैले कलाकार घोषणा गर्नेहरुलाई भने जनताले कलाकार मान्दैनन् क्षमता भएर पनि सञ्चार क्षेत्रमा कम मात्र आउने एउटा नाम हो प्रेम सापकोटा सोनु आज भन्दा करिव आठ बर्ष पहिला कलाकार बन्ने सपना बोकेर बागलुङ जिल्लाको दमेकबाट काठमाण्डौ आएका प्रेमको जिवन आज कहाँ कस्तो अबस्थामा भन्ने कुरा केवल उनैलाई मात्र थाहा यसो केन्द्रमा काम गर्न स्थापीत हुन फलामको चिउरा चपाउनु जस्तै त्यस माथी नेपाली सांगीतिक बजारमा  
  मात्र क्षमतावान नयाँ कलाकारहरुले त्यो ठाँउ नाम प्राप्त गर्दछन बाँकी सबै निराश भएर फर्कन्छ जिवन जिउनकै लागी कलाकार बन्नकै लागी प्रेमले पनि धेरै मेहनत परिश्रम गर्न गरे यसो प्रेम भन्छन, “जिन्दगी भनेकै धारीलो छुरा माथीको खाली खुट्टाले हिड्नु पर्ने यात्रा हो जीवन जिउनको लागी आफ्नो सपना पुरा गर्नको लागी प्रेमले दोहोरी साँझमा पनि काम गरे तर दोहोरीमा गाउने कलाकार जति हँसीला रमाइला देखिन्छ त्यति उनीहरुको भित्री पिडाले सबैको आँखा रसाउने खालको हुन्छ सुत्ने खाने ठेगान नहुने अत्यधिक मेहनतको पारिश्रमिक पनि न्युन हुने यसै विच दुखसुख गरेर पापी नभने बोलको गीतबाट आफ्नो औपचारी एल्वम निकाल्दा सम्म कति पिडा संघर्ष गर्नु परे होला भन्ने कुरा प्रेमले आज व्यक्त गर्ै  ।पछिल्लो समय बजारमा आएको उनको जापानीज रेललको सफलता सँगै अहिले फेरि परदेशिएका नेपालीको मुटु नै चुँडाउने गितूदुखको हावाूआँखा रसाउँछ मेहनत गरेर  आफनै च्यानेल बाट बजारमा लिएर आयका छने उनी सँग काम गरेका छायांकन  रबि न्यौपाने संगम प्रकाश कंडेल सम्पादन मिलन बिक अभिनय  सुरबिर पण्डित ९दाह्री बा० प्रेम,रोशनी दृश्य निर्माण खड्का जि प्रोड्कसन अभिनय आफै प्रेम सापकोटा सोनु, सुरवीर पण्डित किश्ना आचार्य रोशनी तथा अन्य कलाकारर गीत रेकर्डिङ गर्नेहरुले समेत सापकोटामा उत्कृष्ट क्षमता रहेको बताउछन हामी सँग कुरा गर्दै चर्चित  मोडल दाह्री बा समेतले प्रेमको खुलेरै प्रशंसा गरे यश भिडियो बास्तबि रहेकोर गरिबि भएर बिदेशमा गएर काम गनु पर्दा दुख के रहेछ बिदेशमा कस्तो हुदो रहेछ सबै जानको लागि तलको भिडियो हेनुहोश

https://www.youtube.com/watch?v=-NdF3yiTpKY

https://www.youtube.com/watch?v=-NdF3yiTpKY

गरिमा विकास बैंकमा जागीर खुल्यो (विज्ञापन र आवेदन फारमसहित)

गरिमा विकास बैंक लिमिटेडले व्यवस्थापकीय तथा अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिर रहेका शाखाहरुमा कर्मचारी नियुक्त गर्न लागेको हो । अधिकृत तथा व्यवस्थापकीय श्रेणीका लागि अनुभव मागेको बैंकले सहायक श्रेणीका लागि अनुभव अनिवार्य गरेको छैन । तर, अनुभव भएकालाई प्राथमिकता दिइने स्पष्ट पारेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई भदौ १९ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । 
आवेदन फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहा्स् ।
श्रेणी तथा पदगत रुपमा लिइने लिखित परीक्षाको पाठ्यक्रम तथा अन्तर्वार्तामा समावेशगरिने अन्तरवस्तु प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

फलेवास नगरपालिका भित्रका विध्यालयको शैक्षिक स्तर वृद्धि गर्न १७ वुदे घोषणपत्र जारी गर्दै खानीगाउँमा प्रअहरुको वैठक सम्पन्न ।



अहिंसावादी रेडियो पर्वत १०३. मेगाहर्ज
भाद्र ०५
फलेवास नगरपालिकाको केन्द्र खानीगउँमा नगरपालिका भित्रका सम्पुर्ण विद्यायालका प्रहरुको भेला सम्पन्न भएको
फलेवास नगरपालिका भित्रका सम्पुर्ण विध्यालयहरुको शैक्षिक स्तर तथा गुणस्तर वृद्धि गर्ने उदेश्यको साथ आयोजित भेलाले १७ वुदे घोषण पत्र जारी गरेको
फलेवास नागरपालिकाको अयोनामा आयोजित शैक्षिक वैठक तथा अन्र्तक्रिया कार्यक्रममा नगरपालिका भित्रका ११ वटै वडाका सम्पुण सामुदायिक विध्यालयका ६२ जना प्रद्यानध्यापक हरुको भेलाले नगर भित्रका समपुर्ण विध्यालयमा अंगे्जि माध्यममा कक्षा सञ्चालन गर्ने, विध्यालयको भौक्तिक अवस्था मजवुत वनाउने, शिक्षक विध्यार्थी अनिवार्य डे«समा विध्यालय जाने, विध्यालय क्षेत्रमा सरसफाईका क्रियाकलाप अघि बढाउने, १० जना भन्दा कम विध्यार्थी रहेका विध्यालयहरु मर्ज गर्ने लगाएतका १७ वाटा वुद सहित विध्यालय सुधारको योजना सहित उक्त घोषण पत्र जारी गरेको होे
भेलालाई सम्वोधन गर्दै नगरपालिकाका मेयर पदमपाणि शर्माले यस भन्दा पहिले केन्द्रीय सरकार फितलो भएका कारण शैक्षिक स्तर खस्केको तथा समानुपातिक शिक्षा प्रणालि नहुदा सामुदायिक विध्यालयमा असमानता रहेको वताउनु भयो स्थानिय तहको निर्वाचन पछि आधारभुत प्राथमिक तहको शिक्ष कस्तो वनाउने भन्ने अधिकार नगरपालिकालाईनै हुने भएको भन्दै उहँले पाठ्यक्रम सगैँ सम्पुर्ण शैक्षिक क्रियाकलाप स्थानिय सरकारले निर्धारण गर्ने वताउनु भयो ।त्यस्तै शर्माले अवको शिक्षामा अंगे्रजि अनिर्वा भएको भन्दै सम्पुर्ण विध्यालयलमा अंगे्रजि माध्यममा पठन पाठन गर्नु पर्ने वताउनु भयो अंग्रजि शिक्षाकै कमिको कारण समुदायको अर्कषण वोडिङ स्कुल तर्फ गएको भन्दै शर्माले अव सम्पुण विध्यालयलाई अगं्रेजि माध्यममा लैजाने समुदायिक विध्यालयको महत्व प्रभावकारीता थप्ने वताउनु भयो  आजैको दिनवाट फलेवस नगरपालिका भित्रका सम्पुर्ण विध्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदानको सुरुवात भएको भन्दै उहाँले एक विध्यालयमा १० जना भन्दा कम विध्यार्थी रहेको विध्यालयहरु मर्ज गर्दै व्यवस्थित शिक्षा निति कायम गर्ने वताउनु भयो

यसै गरी कार्यक्रममा वोल्दै उपमेयर मञ्जु अधिकारीेले देशको भविश्य निमार्णकर्ता आजका विध्यार्थी भएको भन्दै गुणस्तरयुक्त शिक्षा प्रदान गर्न सकेमा मात्र सक्षम तथा दक्ष विद्यार्थी उत्पादन हुने राष्ट्र तथा उनिहरुको जिवन पनि उज्वल वन्ने वताउनु भयो त्यस्तै उहाँले वालवालिको भविश्य शिक्षकहरुको हातमा रहेको भन्दै उनिहरुको असल सफल जिवनको लागि शिक्षकहरु सचेत वन्नु पर्ने वताउनु भयो

भेलामा सहभागि प्रधानध्यापकहरुले आफ्नो विध्यायमा भएका समस्या, प्रगति  तथा विभिन्न सुझावहरु व्यक्त गरेका थिय नगरपालिका भित्रका केहि विध्यालयमा अग्रेजि माध्यममा पढाई सुरु गरीए पनि विभिन्न चुनौतिहरु असहज अवस्था आएको कारण निरन्तरता दिन नसकिएको वताए

भेलामा नगरपालीकाका कार्यकारी अधिकृत मोति सापकोटाले सहजिकरण गर्नु भएको थियो

Top