Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5



अहिंसावादी रेडियो पर्वत १०३. मेगाहर्ज
भाद्र ०५
फलेवास नगरपालिकाको केन्द्र खानीगउँमा नगरपालिका भित्रका सम्पुर्ण विद्यायालका प्रहरुको भेला सम्पन्न भएको
फलेवास नगरपालिका भित्रका सम्पुर्ण विध्यालयहरुको शैक्षिक स्तर तथा गुणस्तर वृद्धि गर्ने उदेश्यको साथ आयोजित भेलाले १७ वुदे घोषण पत्र जारी गरेको
फलेवास नागरपालिकाको अयोनामा आयोजित शैक्षिक वैठक तथा अन्र्तक्रिया कार्यक्रममा नगरपालिका भित्रका ११ वटै वडाका सम्पुण सामुदायिक विध्यालयका ६२ जना प्रद्यानध्यापक हरुको भेलाले नगर भित्रका समपुर्ण विध्यालयमा अंगे्जि माध्यममा कक्षा सञ्चालन गर्ने, विध्यालयको भौक्तिक अवस्था मजवुत वनाउने, शिक्षक विध्यार्थी अनिवार्य डे«समा विध्यालय जाने, विध्यालय क्षेत्रमा सरसफाईका क्रियाकलाप अघि बढाउने, १० जना भन्दा कम विध्यार्थी रहेका विध्यालयहरु मर्ज गर्ने लगाएतका १७ वाटा वुद सहित विध्यालय सुधारको योजना सहित उक्त घोषण पत्र जारी गरेको होे
भेलालाई सम्वोधन गर्दै नगरपालिकाका मेयर पदमपाणि शर्माले यस भन्दा पहिले केन्द्रीय सरकार फितलो भएका कारण शैक्षिक स्तर खस्केको तथा समानुपातिक शिक्षा प्रणालि नहुदा सामुदायिक विध्यालयमा असमानता रहेको वताउनु भयो स्थानिय तहको निर्वाचन पछि आधारभुत प्राथमिक तहको शिक्ष कस्तो वनाउने भन्ने अधिकार नगरपालिकालाईनै हुने भएको भन्दै उहँले पाठ्यक्रम सगैँ सम्पुर्ण शैक्षिक क्रियाकलाप स्थानिय सरकारले निर्धारण गर्ने वताउनु भयो ।त्यस्तै शर्माले अवको शिक्षामा अंगे्रजि अनिर्वा भएको भन्दै सम्पुर्ण विध्यालयलमा अंगे्रजि माध्यममा पठन पाठन गर्नु पर्ने वताउनु भयो अंग्रजि शिक्षाकै कमिको कारण समुदायको अर्कषण वोडिङ स्कुल तर्फ गएको भन्दै शर्माले अव सम्पुण विध्यालयलाई अगं्रेजि माध्यममा लैजाने समुदायिक विध्यालयको महत्व प्रभावकारीता थप्ने वताउनु भयो  आजैको दिनवाट फलेवस नगरपालिका भित्रका सम्पुर्ण विध्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदानको सुरुवात भएको भन्दै उहाँले एक विध्यालयमा १० जना भन्दा कम विध्यार्थी रहेको विध्यालयहरु मर्ज गर्दै व्यवस्थित शिक्षा निति कायम गर्ने वताउनु भयो

यसै गरी कार्यक्रममा वोल्दै उपमेयर मञ्जु अधिकारीेले देशको भविश्य निमार्णकर्ता आजका विध्यार्थी भएको भन्दै गुणस्तरयुक्त शिक्षा प्रदान गर्न सकेमा मात्र सक्षम तथा दक्ष विद्यार्थी उत्पादन हुने राष्ट्र तथा उनिहरुको जिवन पनि उज्वल वन्ने वताउनु भयो त्यस्तै उहाँले वालवालिको भविश्य शिक्षकहरुको हातमा रहेको भन्दै उनिहरुको असल सफल जिवनको लागि शिक्षकहरु सचेत वन्नु पर्ने वताउनु भयो

भेलामा सहभागि प्रधानध्यापकहरुले आफ्नो विध्यायमा भएका समस्या, प्रगति  तथा विभिन्न सुझावहरु व्यक्त गरेका थिय नगरपालिका भित्रका केहि विध्यालयमा अग्रेजि माध्यममा पढाई सुरु गरीए पनि विभिन्न चुनौतिहरु असहज अवस्था आएको कारण निरन्तरता दिन नसकिएको वताए

भेलामा नगरपालीकाका कार्यकारी अधिकृत मोति सापकोटाले सहजिकरण गर्नु भएको थियो

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top