Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5





माधब पराजुली
बाग्लुङ,जेष्ठ,५
बहुर्चचित उत्तर दक्षिण जोडने कालीकण्डकी करिडोर अन्तर्गत बाग्लुङको मालढुङ्गा टाकुरी सडक खण्ड सञ्चालनमा आएको छ । गत असार देखि नेपाली सेनाले जिम्मा लिएको उक्त खण्ड बुधबार देखि सञ्चालनमा आएको हो ।
उक्त सडक खण्डको उदघाटन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गर्नुभएको  ।

बाग्लुङको बलेवा बिमानस्थलमा भएको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रममा बोल्दै क्षेत्रीले उक्त सडकले यातायातको पहुँचलाई ग्रामिण भेगका बासिन्दाहरुलाई जोड्न मात्र नभई उत्तर दक्षिण जोड्ने सडक भएकाले विकासका धेरै सम्भावना उजागर हुने बिश्वास व्यक्त गर्नुभयो । उक्त सडकको बिस्तार पछि अन्तराष्ट्रिय मार्गको दूरी समेत छोटिने बताउदै क्षेत्रीले यातायात सञ्चालन पछी  नेपालमा उत्पादीत कृषि उपजहरु भारत तथा चिनमा निर्यात गरेर स्थानिय बासीको जीवनस्तर माथि उठाउनुपर्ने मा जोड दिनुभयो । उहाँले सेनाले जिम्मा लिएको काम समयमै सक्ने प्रमुख जिम्मेवारी पूरा गरेकोमा खुसी व्यक्त गर्दै  तोकिएको भन्दा दुई महिना अगावै काम सकेकोमा नेपाली सेना कालीगण्डकी करिडोर निर्माण कार्यदलको खुलेर प्रसंसा गर्नुभएको थीयो ।


 बुधबार बलेवा बिमानस्थल देखि मालढुङगा सम्मको साढे ७ कि.मि. सडकमा सेनापति क्षेत्री सहित सभासद एवं बिकास समितिका सभापती रवीन्द्र अधिकारी बाग्लुङ क्षेत्र न.२ का सांसद प्रकाश पौडेल लगाएतले बस चढेर यात्रा गरे का थिए ।

कार्यदलले बाग्लुङ खण्डको बाकीँ २२ किलोमिटर सडकको काम पनि यसै सातादेखि शुरु गर्ने प्रतिबद्धता जनाएको छ । उक्त सडक खण्ड सञ्चालनमा आए पश्चात स्थानिए बासी हर्षित भएका छन् ।
कालिगण्डकी करिडोर अन्र्तगतनै टाकुरी देखि बाग्लुङको छिस्ती गाबिस वाईन कुना सगँ जोडिएको गुल्मीको खड्गकोट गाबिसको पालुङखोला सम्मको करिब २४ कि.मि.सडको काम सम्पन्न भई अहिले यातायात सञ्चालनमा आईरहेको छ । गुल्मीको बरलवा देखि बाग्लुङ बलेवा सम्मको करिब २० कि.मि.सडकको ट्राक वपन हुन बाकीँ छ । उक्त ट्राक वपन भए पश्चात उत्तर दक्षिण जोडने कालीकण्डकी करिडोर पुर्ण रुपमा सञ्चालनमा आउने छ ।

«
Next
Newer Post
»
Previous
Older Post

Top