Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

डिबी रसाईली पर्बत- पर्वतको ठानामौला गाविसमा प्राथामिक तहमा अध्ययनरत सम्पुण विद्यार्थिहरुलाई झोला वितरण  गरिएको छ । जिल्लामा क्रियाशिल समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपाल पर्वतले  हेफर इन्टरनेशनल नेपालको  सहयोग तथा ठानामौला गाविसमाको साझेदारीमा संचालन गरेको साना किसान उद्यम सवालीकरण परियोजना अन्तरगत गाविस साझेदारीकोष वाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तरगत झोला वितरण गरेको होे ।

जस अन्तरगत श्री जन ज्योती उच्च मावि ठानामौला खाल्टेका कक्षा १ देखी ५ सम्मका ३२ जना, सरस्वती प्रावि नेपानेका ३२ जना र तिनधारे प्रावि पोखराभित्ताका ५३ जना विद्यार्थीहरुलाई प्रतेक विद्यालयमानै कार्यक्रमको आयोजना गरी झोला वितरण गरिएको हो ।श्री जनज्यती उच्च माविमा आयोजना गरिएको पुरस्कार वितरण तथा झोला वितरण कार्यक्रममा वोल्दै गाविस सचिव कृष्ण प्रासाद पौडेले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरणले उनीहरुको हौसाला वढ्ने र नियमिति विद्यालय आउन सहयोग पुग्नेहुदा सवै सरोकारवालाहरुले यस्ता कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने वताउनु भयो ्
कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव शर्मा , नेपाली कांग्रेस ठानामौलाका सभापती हेमराज कुवंर , नेकपा एमाले ठानामौलाका अध्यक्ष केश वहादुर घले , स्थानिय शान्ती समिति ठानामौलाका अध्यक्ष विष्णु सुवेदी संस्थाका अध्यक्ष मन वहादुर कुवरले  विद्यार्थिहरुलाई झोला वितरण गर्दै  सवै विद्याथहिरुलाइ निरन्तर विद्यालय आउन आग्ह गर्नुभएको थियो  ।
 
तेसै गरी श्री सरस्वती प्राविमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्र.अ. डिल्लीप्रसाद सुवेदीले सोडेक नेपालले हेफरको सहयोगमा ठानामौलामा परियोजना संचालन गरे पछी विद्यालयस्तरमा समेत कार्यक्रम संचालन भैरहेकोमा शैक्षिक गुणस्तमा सहयोग पुगेको वताउनु भयो ।

  सोही कार्यक्रम अन्तरगत हेफर इनटरनेशनल नेपालवाट प्राप्त शैक्षिक छात्रावृती वापतको रकम श्री जनज्योती उच्च माविमा कक्षा ९मा अध्ययनरत चन्द्र कुमारी गुरुङ लाई प्रदान गरिएको छ । रु ७२००। राशीको उक्त पुरस्कार सानाकिसान उद्यम सवालीकरण परियोजना संचालन भएका  कार्यक्षेत्रका विद्यालयमा अध्ययनरत  छात्राहरु वाट १ जना छनौट गरी प्रदान गरिएको परियोजनाका संयोजक दिनेशराज गौतमले जानकारी दिनुभएको छ ।

  संस्थाले परियोजना संचालन गरेका क्षेत्रका विद्यालयहरुमा अध्ययनरत  विद्यार्थीहरुको शैक्षिक गुणस्तरका लागी हाजिरी जवाफ प्रतियोगिता,हस्तलेखन प्रतियोगिता लगाएत विभिन्न समयममा विद्यालयहरुमा विभिन्न कृयाकलाहरु संचालन गर्दै आइरहेको र यस कार्यक्रलाई लाई निरन्तर दिने संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले वताउनुभएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

Top