Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


मोदीपाउँपालिकामा नेपाली काँग्रेसको प्रचारप्रसार अभियान तिव्र रुप




मोदीपाउँपालिकामा नेपाली काँग्रेसको प्रचारप्रसार अभियान तिव्र रुपमा अगडी बढेको छ । अभियान अन्र्तगत आज क्याङमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रम पश्रात कोणसभा कार्यक्रममा बोल्दै नेपाली काँग्रेस मोदीगाउँपालिकाका अध्यक्षका उम्मेदवार विश्वप्रकास प्रसाईले गाउँपालिकाको समृद्धिका लागि नेपाली काँग्रेसलाई जिताउनु पर्ने बताएका छन् । उहाँले मोदी गाउँपालिकामा रहेका प्राकृतिक स्रोत र सधानको उचित प्रयोगबाट मात्रै यस गाउँपालिकाको समृद्धि र विकास संभाव भएको बताउँदै यसका लागि काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।  कृषि, पर्यटन र प्राकृतिक स्रोत र सधानको उपयोलाई एकसाथ विकास गरी राजगारीका अवसर, अस्पताल, क्याम्पस, एवम् बृद्ध भत्तामा थप १५ सय रुपैया थप गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष पदका उम्मेदवार मिना केसीले मोदी गाउँपालिकाको विकासका लागि नेपाली काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिनुभयो । विकास र समृद्धि नेपाली काँग्रेसबाट मात्रै संभव रहेको बताउँदै सर्वसाधारणले यस गाउँपालिकामा काँग्रेसको विजय सुनिश्चित भएको बताउनु भयो । प्रचार प्रसार अन्तरगत काँग्रेसले घरदैलो र कोण सभालाई तिव्रता दिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top