Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


आइपिएलः बैंग्लोर आइपिएलबाट बाहिरियो, मुम्बईले हरायो

वैशाख १८ – रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट बाहिरिने पक्का भएको छ । लिग अन्तर्गत सोमबार बेलुका भएको खेलमा पराजित भएपछि बैंग्लोर शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना सकिएको हो ।मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदै बैंग्लोरको प्लेअफमा पुग्ने सम्भावना औपचारिक रुपमै समाप्त पारेको हो । मुम्बईमा भएको खेलमा बैंग्लोरले प्रस्तुत गरेको एक सय ६३ रनको लक्ष्य मुम्बईले एक बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टायो । मुम्बईका लागि कप्तान रोहित शर्माले नटआउट ५६, जोस बट्टलरले ३३ तथा नितिश रानाले २७ रन बनाए । बैंग्लोरका पवन नेगीले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका लागि एबिडी भिल्यिर्सले ४३, पवन नेगीले ३५, केदार जाधवले २८ तथा कप्तान विराट कोहलीले २० रन बनाएपनि जित दिलाउन सकेनन् । मुम्बईका मिचेल म्याकक्लेनाघनले तीन तथा क्रुनल पाण्डेयले दुई विकेट लिए । हारपछि सातौं स्थानमा रहेको बैंग्लोरको तीन खेल बाँकी हुँदा पाँच अंक मात्रै भएको छ । १० खेल ८ खेल जितेको मुम्बई १६ अंकसहित शीर्ष स्थानमा छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top