Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


नुवाकोटका सबै स्थानीय तहमा एमालेले तोक्यो उम्मेद्वार


नुवाकोट, वैशाख १८ – स्थानीय तहको चुनावका लागि उम्मेद्वार मनोनयनका लागि एक दिन बाँकी हुँदा नुवाकोटमा राजनीतिक दलहरु उम्मेद्वार चयन गर्न व्यस्त देखिए पनि प्रमुख राजनीतिक दलले सोमबार बेलुकासम्म पनि उम्मेद्वार तोक्न सकेका छैनन् । 
नेकपा एमाले बाहेक अरु दलहरुले सोमबार बेलुकासम्म पनि उम्मेद्वार छनौट गर्न सकेका छैनन् । एमालेले जिल्लाका १२ वटै स्थानीय तहमा उम्मेद्वार चयन गरेको छ ।
नेकपा एमालेका जिल्ला उपसचिव विष्णु लोहनीका अनुसार एमालेले सदरमुकाम विदुर रहेको विदुरमा नगरपालिकाको मेयर उम्मेद्वारमा सन्जु पण्डित र उपमेयरमा गीता दाहाललाई छनौट गरेको छ भने जिल्लाको नयाँ नगरपालिका बेलकोटगढी नगरपालिकाको मेयरमा राजेन्द्ररमण खनाल र उपमेयरमा रुपा सापकोटालाई चयन गरेको छ । 
एमालेले किस्पाङ गाउँपालिकाको प्रमुखको उम्मेदवारमा वीरवल तामाङ र उपप्रमुखमा श्रीमाया लामा, शिवपुरी गाउँपालिकाको प्रमुखमा पदम उप्रेती र उपप्रमुखमा मंगलमाया थापा प्रजापति, सूर्यगढी गाउँपालिकाको प्रमुखमा अनेमसंघकी केन्द्रीय सदस्य  बिन्दा ढुंगाना र उपप्रमुखमा घकुमार लामा, लिखु गाउँपालिकाको प्रमुखमा सुमन पाठक र उपप्रमुखमा सन्जिता राई, ककनी गाउँपालिकाको प्रमुखमा जीतबहादुर वलामी  र उपप्रमुखमा ललिता तामाङ, तारकेश्वर गाउँपालिकाको प्रमुखमा रमेश वस्ती र उपप्रमुखमा तारा अधिकारीलाई उम्मेदवार चयन गरेको छ ।
यस्तै एमालेले तादी गाउँपालिकाको प्रमुखमा युवा उम्मेद्वार केपी लामिछाने र उपप्रमुखमा ईश्वरी तामाङ, मेघाङ गाउँपालिकाको प्रमुखमा मेघनाथ तामाङ र उपप्रमुखमा विन्दुमाया तामाङ, पन्चकन्या गाउँपालिकाको प्रमुखमा लेखप्रसाद बोहरा र उप्रमुखमा मनिका थापा तथा दुप्चेश्वर गाउँपालिकाको प्रमुखमा युवा उम्मेद्वार सुरज शेर्पा र उपप्रमुखमा लक्ष्मी तामाङ उम्मेद्वार हुने पक्का भएको छ । नुवाकोटमा नेकपा एमालेले पूरै र माओवादी केन्द्रले केही गाउँपालिका र नगरपालिकामा उम्मेद्वार तोकेको छ ।
नेपाली कांग्रेसले पनि जिल्लाको १२ वटै स्थानीय तहको उम्मेद्वार तोक्न सकेको छैन । राप्रपा र नयाँ शक्ति नेपालले पनि उम्मेद्वार तोक्न सकेका छैनन् 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top