Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


अहिंसावादी रेडियो पर्वत १०३.६ मेगाहर्ज
असार २६
पर्वतका दुई सामुदायिक विद्यालयलाई शिक्षा मन्त्रालयले नमूना विद्यालयको रुपमा घोषणा गरेको छ ।
जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मुल्याङ्कन तथा शिक्षा विभागको स्थलगत अवलोकन सहितको मुल्याङकनपछि भवानि विध्यापिठ माध्यमिक विद्यालय फलेवास र नवजागृति माध्यामिक विद्यालय तिलाहार नमुना विद्यालय घोषित भएका हुन् ।
शिक्षा मन्त्रालयको आइतबार बसेको सचिव स्तरीय बैठकको निर्णयानुसार जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट नवजागृति माध्यामिक विद्यालय र क्षेत्र नं. २ बाट भवानि विध्यापिठ माध्यामिक विद्यालयलाई नमुना विद्यालयको रुपमा मुल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ । यसै गरी उता वाग्लुङ जिल्लामा पनि दुइटा विध्यालय नमुना विध्यालयमा छनोट भएका छन । जिल्लाको छेत्र नं ३ मा रहेको त्रिभुवन मावि ख्रवाङ र क्षेत्र नं २ स्थित गल्कोट मावि गल्कोट नमुना विध्यालय घोषित भएका हुन् । विध्यालयको शैक्षिक अवस्था, यस इ इ परीक्षको नतिजा, विध्यार्थी सङख्या, लगाएत विभिन्न मापदण्डमा उत्कृष्ट विध्यालयहरुलाई नमुना विध्यालय घोषण गरीएको वाग्लुङ जिल्लाका जिशिअ विष्णु प्रसाद मिश्रले जानकारी दिनु भयो ।
 नमुना विध्यालय घोषण भएका दुइवटै विध्यालमा विध्यालको भौक्तिक तथा शैक्षिक सुधारको लागि  ४०, ४० लाख गरी ८० लाख रुपयाँ पठाईएको समेत जिशिअ मिश्रले वताउनु भयो ।
छनौट भएका विद्यालयको नाम  शिक्षा विभागकले आइतबार बेलुका नै  सार्वजनिक गरी  सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई नमूना विद्यालयका रुपमा छनौट भएका विद्यालयलाई आर्थिक वर्ष २०७३÷०७४ को विद्यालय क्षेत्र विकास कार्यक्रममा व्यवस्था भए अनुसारको निकास गरिदिन अनुरोध समेत गरेको छ । देशैभरबाट यसपटक १६७ वटा सामुदायिक विद्यालय नमूना विद्यालयका रुपमा छनौट भएको शिक्षा विभागले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top