Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5



डिवी रसाइली कुश्मा
२०७४ असार  २७,  पर्वतको मोदी गाउपालिका १ भुकताङलेमा रहेको नवज्योती कफि तथा कृषि सहकारी संस्था मार्फत समुदायमा शिक्षा,स्वस्थ्य,सरसफाई तथा सामुदायिक संरचना लगाएतका कामका लागी रु २० लाख ४२ हजार ८ सय पचास सहयोगका लागी २०७३ साल असार २३ गते गुडनेवसर््ा इन्टरनेशनल र सोडेक नेपाल  र नवत्योति सहकारी बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
जिल्लामा कृयाशिल समाज कल्याण श्रोत विकास केन्द्रले, गुडनेवर्स इन्टरनेशलन नेपालको  आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको पर्वत सामुदायिक विकास परियोजना अन्तरगत उक्त रकम सहयोग गरिने भएको होे । सो रकम मध्ये  गुड नेवर्स इन्टर नेशनल नेपालको तर्फवाट अनुदान रकम रु १८ लाख ६१ हजार ७ सय  पचास नगद प्रदान गरिने छ भने समुदायको तर्फवाट १ लाख ८१ हजार १ सय सहित रु २०,४२,८५०। को सम्झौता सम्पन्न गरी सहकारीलाइ हस्तान्तरण गरिएको परियोजनाका लघु उद्यम विकास अधिकृत रमेश प्रसाद रिजालले जानकारी दिनुभयो ।
               
पर्वत सामुदायिक विकास परियोजना अन्तगत गठन गरी भुकताङलेमा क्रियाशिल रहेको नव ज्योती कृषि  सहकारीले सहयोग रकमवाट शैक्षिक सुधारका लागी विद्यालयमा सामाग्री वितरण, आयआर्जनका लागी शिपमुलक तालिम , प्राकृतिक प्रकोपमा परेकालाई सहयोग तथा विद्यालयमा स्वस्थ्य सेवाका लागी औषधी समेत वितरण गरिने  छ । यस अघि संस्थाले सहकारीको दिगो विकास तथा आर्थिक पारदर्शिताका लागी कम्प्यूटर तथा लेखासफ्टवयर समेत प्रदान गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको छ  ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top