Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5





  • २०७४ श्रावण ३० गते , सोमवार 

बेरोजगार युवाहरुलाई सीप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा छ महिने मोटरसाईकल मर्मत तालिम शुरु भएको छ । राष्ट्रिय जागरण युवा समाज खानीगाउँको व्यवस्थापन तथा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पर्वत र फलेवास नगरपालिकाकोे आर्थिक सहयोगमा तालिम शुरु भएको हो । तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गदै फलेवास नगरपालिका–५ खानीगाउँका वडा अध्यक्ष दिपक पौडेलले तालिमलाई व्यवहारमा उतार्न सके युवा विदेशीन रोकी आत्मनिर्भर हुने बताए । कार्यक्रममा फलेवास नगरपालिका– ६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले सिप सिकेर स्वरोजगार बन्न सुझाव दिए । कार्यक्रममा नेकपा एमाले वडा कमिटि खानीगाउँका अध्यक्ष नारायण लामिछाने, माओवादी केन्द्रका कुमारी सुनार, कृषि सेवा केँद्र फलेवासका प्रमुख ढाकाराम सापकोटा लगायले बोल्नुभएको थियो । तालिममा फलेवास नगरपालिका २० जना युवाहरुको सहभागिता रहेको थियो । छ महिनासम्म संचालन हुने तालिमको सहजिकरण जन्नु महतोले गर्नुहुने छ । राष्ट्रिय जागरण युवा समाज खानीगाउँका अध्यक्ष लकास सुवेदीको अध्यक्षतामा सम्पन्न भएको तालिममा स्वागत मन्तव्य समाजका सदस्य विनोद रेग्मी र कार्यक्रको संचालन समाजका सचिव विक्रम जिसीले गर्नुभएको थियो ।



«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top