Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

असार २९ – जनकपुर अञ्चल अस्पतालको सेवा शुल्क निजी अस्पतालभन्दा बढी भएको रहस्य खुलेको छ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत्त एकजना चिकित्सकले समाजिक सञ्जालबाट उक्त तथ्य सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो । सरकारद्वारा आम नागरिकलाई दिने गरेको हरेक सेवा सुविधा सम्भवतः निशुल्क हुनुपर्छ, कित निजी भन्दा सहज हुनु पर्ने हो । जनकपुर अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको टिकाटिप्पणी हुँदै आएको छ । तर यस अस्पतालमै कन्सल्टेन्ट सर्जनको रुपमा कार्यरत डा.एकानन्द सिंहले तथ्यसहित यस अस्पतालमा निजीको तुलनामा चर्को शुल्क लिने गरेको समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको हो । डा.सिंहले समाजिक सञ्जालमार्फत यस्तो रहस्य सार्वजनिक गरेको भन्दै अञ्चल अस्पतालले उहाँलाई स्पष्टीकरण मागेको छ । विस २०७३ भदौ २४ गते अञ्चल अस्पताल विकास समितिले निर्धारण गरेको दररेट समाजिक सञ्जालमार्फत सार्वजनिक गरी अनुशासनहिन काम गर्नु भएकाले तपाईलाई किन कारबाही नगर्ने ? सोको चित बुझ्दो जवाफ २४ घण्टा भित्र पेश गर्न भन्दै डा.सिंहलाई अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरिक्षण यादवले पत्र पठाई स्पष्टीकरण माग गर्नुभएको हो ।   यस विषयमा बुधबार नै डा.सिंहले लिखित स्पटष्टीकरण बुझाउनु भएको छ । स्पष्टीकरणमा आफू कार्यरत्त अञ्चल अस्पताल र बाहिरको निजी अस्पतालको दर रेटको तुलना गर्दा महँगो भएकाले पटक पटक बैठकमा यस विषयमा कुरा उठाउँदा सुनुवाई नभएकाले सबैको जानकारीका लागि समाजिक सञ्जालमार्फत सार्वजनिक गरेको डा.सिंहले पत्रमा उल्लेख गर्नु भएको छ । 
सरकारी अस्पतालमा सबैको जानकारीका लागि सेवा शुल्कको विषयमा अनिवार्य रुपमा नागरिक वडापत्रमै उल्लेख गर्नु पर्नेमा आफूले समाजिक सञ्जालमा राख्दा कुनै अनुचित कार्य नगरेको स्पष्टीकरणमा उहाँले भन्नुभएको छ । उठाएको दर रेटको कुरा आफ्नो व्यक्तिगत लाभको लागि नभई नागरिकको लाभको लागि रहेकाले त्यस विषयमा छलफल नै नगरी स्पष्टीकरण सोधिएकोमा डा.सिंहले अस्पताल आफूप्रति पूर्वाग्रही तरिकाले प्रस्तुत भएको एवं न्यायसंगत कुरा नभएको जवाफमा उल्लेख गर्नु भएको छ । 
उहाँले अञ्चल अस्पतालले खर्च जोगाउन ध्यान नदिई आफ्नो सेवाको दर रेट बढाउँदै जाँदा त्यसको प्रत्यक्ष भार सम्पूर्ण सर्वसाधारण माथि पर्ने हुँदा चुहावट रोक्न तथा खर्च घटाउन अस्पताल प्रशासन पक्षलाई स्पष्टीकरणको जवाफ पत्रमै आग्रह गर्नुभएको छ । यस विषयमा अञ्चल अस्पतालका मेसु यादवसँग फोनमार्फत प्रतिक्रिया लिन खोज्दा भेटेर मात्रै कुरा गर्ने भन्दै कहि भन्न मान्नु भएन । 

सरोकारवालाको ध्यानाकर्षण 

जनकपुर अञ्चल अस्पतालले चर्को शुल्क लिने गरेको तथ्य बाहिरिएपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । जनकपुरका युवाहरुको संगठन संयुक्त मधेश संघर्ष समितिले जनकपुर अञ्चल अस्पतालको यस्तो रवैयाप्रति खेद प्रकट गरेको छ । 
समितिका उपाध्यक्ष सरोज मिश्रले समाजिक सञ्जालमार्फत सरोकारवालाको ध्यानाकर्षणको लागि अस्पतालमै कार्यरत्त चिकित्सक डा.एकानन्द सिंहले गरेको कार्य प्रसंसनीय रहेको बताउनुभयो । नागरिकका हितका विषयमा जायज कुरा उठाउँदा त्यसलाई सच्याउनुको साटो अस्पतालका मेसु डा. रामपरिक्षण यादवले उल्टै डा.सिंहसँग स्पष्टीकरण सोध्नु मुर्खता रहेको उहाँको तर्क छ । 
मेसु डा.यादवले आफ्नो अवैद्य रुपमा सञ्चालन गरेको नर्सिंङहोम र अन्य निजी क्षेत्रका स्वास्थ्य संस्थालाई बढावा दिन यस्तो कदम चालेको उपाध्यक्ष मिश्रको दाबी छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top