Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

पर्वतको फलेवासनगरपालिकाको वाषिर्क बजेट ३७ करोड ५८ लाख ५० हजार तय भएको छ । नगरका उपमेयर मञ्जु अधिकारीले  शनिवार नगर परिषदमा सो बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा आयतर्फ कर तथा राजस्वबाट १ करोड ३० लाख उठाउने लक्ष राखिएको छ । चालु आर्थीक मौज्दात  ७६ लाख र स्थानीए जनश्रमदान बाट ५० लाख उठाउने लक्ष्य राखिएको छ ।  यस्तै समानिकरण अनुदान १६ करोड ५० लाख ५४ हजार,सशर्त अनुदान १८ करोड ४१ लाख ९६ हजार र जिल्ला समन्वय समिति बाट १० लाख प्राप्त हुने लक्ष राखिएको छ ।बजेटमा खर्चतर्फ चालु एवं साधारण खर्च तर्फ २२ करोड ४० लाख ५७ हजार तथा पूंजीगत एवं विकास बजेट १५ करोड ५८ लाख ५० हजार छुट्याइएको छ ।सामाजिक विकास क्षेत्रतर्फ २० करोड ५४ लाख ३७ हजार रकम विनियोजन गरिएको छ । त्यस्तै आर्थिक विकास तर्फ २ करोड ६७ लाख ५९ हजार  छुट्याइएको छ । पूर्वाधार विकास तर्फ ८ करोड ४ लाख ४७ हजार,वातावरण तथा विपत व्यवस्थापन तर्फ ६० लाख रकम बिनियोजन गरिएको उपमेयर अधिकारीले घोषणा गर्नुभयो ।यसैगरी संस्थागत विकास तर्फ १ करोड २० लाख र सामान्य सेवा संचालन तर्फ ४ करोड ५२ लाख ७ हजार छुट्टाईएको छ ।नगरपालिकाको केन्द्रमा मनमोहन शान्तिवाटीका लाई २ लाख रकम बिनियोजन पनि गरिएको छ । बजेटमा नगरपालिकाको कार्यालय सार्ने वा कहाँ बनाउने उल्लेख गरिएको छैन । यद्दपि कहाँ सार्ने र त्यसको बजेट कति हो भन्नेबारेमा बजेट मौन छ बजेटमा कृषि पर्यटन,पूर्वाधार र रोजगारःसुन्दर फलेवास संबृद्धीको आधार भन्ने नारा लिईएको छ । बजेटमा बाग्लुङको दक्षीण क्षेत्रका नागरिकहरु देविस्थान,शंकरपोखरी,कार्कीनेटा हुदै पोखरा जाने सहज यातायातको सुविधा पुग्ने उल्लेख छ ।  यस नगरलाई ल्याण्ड लिंक सिटीको रुपमा विकास गर्ने,स्थानिए स्रोतमा आधारीत लघु तथा घरेलु उधोग स्थापना गरि यहाँका नागरिक लाई स्वरोजगार प्रदान गर्ने र गुणस्तरीय शिक्षा सबै नागरिकको पहुचमा अभिबृद्धि गराई समृद्ध नगरका गौरवशाली नागरिकको अनुभूति दिलाइने भन्दै बजेटमा महानगरलाई स्मार्ट सिटीका रूपमा विकसित गर्दै लैजाने उल्लेख छ । प्रस्तावीत बजेटको सफल कार्यान्वयन भएका नगरपालिकाको केन्द्र देखि सबै वडाको चौतर्फी विकास हुने नगर प्रमुख पदमपाणी शर्माले बिश्वास व्यक्त गर्नुभयो । उहाँले फलेवास नगरपालिकाको चौतर्फी विकासको लागी समग्र विकास गुरुयोजना तयार गरी बस्तुगत यथार्थ र धरातालमा उभिएर समस्याको समाधान गर्न सबै नगरबासी कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top