Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


 यस बर्ष जिल्लामा असार मसान्तसम्म ६५ प्रतिशत रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार जिल्लाको ५ हजार ८ सय ७४ हेक्टरमा धान उत्पादन हुने गरेको छ । असारको अन्तिमसम्म आईपुग्दा कुल उत्पादन क्षेत्रफलको ३ हजार ५ सय २५ हेक्टरमा मात्र रोपाइँ सकिएको जनाएको छ । केही क्षेत्रका खेतमा अझैँ मकै नपाकेकाले रोपाइँ सुरु हुन नपाकेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए । ‘केही ठाउँमा मकै नपाकेकाले कृषकहरुले रोपाइँ गरेका छैनन्’ आचार्यले भनेँ, ‘ती ठाउँहरुमा पनि साउनको मसान्तसम्ममा रोपाइँ सकिन्छ ।’
गत बर्ष यहि समयमा ७० प्रतिशत बढि रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए । ‘ पोहोर यहि समयमा ७० प्रतिशत रोपाइँ भएको थियो ।’ अधिकृत अधिकारीले भनेँ, ‘ मनसुन ढिला सुरु हुनु र मकै नपाकेको हुँदा यस बर्ष तुलनात्मक रुपमा रोपाइँ कम भएको हो ।’20132955_872760989543247_378910205_o.jpg
जिल्लाका अधिकांंश क्षेत्रहरुमा अहिले रोपाइँ भइरहेको कार्यालयले जनाएको छ । मनसुन ढिला सुरु हुनु र पर्याप्त बर्षा नहुँदा अहिले पनि जिल्लाका केही ठाउँमा रोपाइँ सुरु हुन सकेको छैन ।
जिल्लामा सुधारीएको जेठो बुढो, रामधान सुख्खा—२, लुम्ले—२, मार्सीधान,गुडुँरो जातका धान रोप्ने गरिन्छ । जिल्लाको पश्चिम क्षेत्र आसपासका हरिचौर, हटिया, मल्म , काडेँबासको तल्लो भेग , ग्वालीचौर, दुदिलाभाटी, खर्वाङ, जैमिनी नगरका कुश्मीसेरा, अर्जेवाको तल्लो भेग, जैदी र छिस्तीको तल्लो भेग धान खेतीका लागि पकेट क्षेत्र मानिएका छन । गत बर्ष जिल्लामा झन्डै १९ हजार मेट्रिक टन धान उत्पाद भएको जिल्ला कृषि विकास कार्याल बागलुङले जनाएको छ । पर्याप्त बर्षा नभए पोहोर तुलनामा यस बर्ष धान उत्पादनमा केही गिरावट आउने कार्यालयले अनुमान गरेको छ ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top