Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


२०७३ साउनदेखि असार २८ गतेसम्म सो संख्यामा राहदानी बनेको हो । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार एक वर्षमा तीन सय ८४ जनाले कार्यालयबाट नै राहदानी बनाएका छन् । त्यसगरी पाँच सय ६० जनाको काठमाडाै‌ सिफारिस भएको छ । 
गत वर्षको तुलनामा यो वर्ष राहदानी बनाउनेको संख्या भने बढेको छ । गत वर्ष कार्यालयबाट आठ सय ४४ जनाले राहदानी बनाएका थिए । रसुवाबाट विशेषगरी खाडी देश कुवेत, साउदी अरेबीया, मलेसियालगायतका देशमा जाने गरेका छन् । 
आव ०६८/६९ मा दुई सय ६३, ०६९/७० मा आठ सय ९४, ०७०/७१ मा एक हजार ८८, ०७१/७२ मा एक हजार एक सय, ०७२/०७३ मा आठ सय ४४ र २०७३/७४ मा ९ सय ४४ जनाले गरी पाँच हजार एक सय ३३ जनाले राहदानी बनाएका जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । 
कम उमेरमा नागरिकता बनाएर राहदानी बनाउने गरेको गुनासो बढेसँगै कार्यालयले आवश्यक सोधपुछ गरेर मात्र राहदानी दिने गरेको छ । ग्रामीण समुदायमा बस्ने अशिक्षित तथा कम पढेका महिलाहरु  आफू जाने देशको बारेमा सामान्य जानकारी समेत नलिई जाने गरेकाले कार्यालयबाट राहदानी बनाउन आउनेलाई आवश्यक जानकारी समेत दिने गरेको छ । 
सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार धेरैजसो महिलाहरु आफन्तले बोलाएको भन्दै राहदानी बनाउन आउने गरेका छन् ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top